काठमाडौँ । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमामा गएका छन् । मेनिन्जाइटिसको कारण अस्पताल भर्ना भएका मार्टिन कोमामा गएको अस्ट्रेलियन मिडियाले उल्लेख गरेका छन् ।
५४ वर्षीय मार्टिन शुक्रबार अचानक बिरामी परेपछि उनलाई क्वीन्सल्याण्डमा अस्पताल भर्ना गरिएको थियो । मार्टिनले अस्ट्रेलियाका लागि चार एशेज सिरिज खेलेका थिए । २००६ मा तेस्रो टेस्ट अघि उनले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
उनी अस्ट्रेलियाका दुई विश्वकप विजेता टोलीका सदस्य पनि थिए । क्रिकेट अस्ट्रेलियाका सीईओ टोड ग्रिनबर्गले मार्टिनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मार्टिनको परिवारको तर्फबाट उनका नजिकका साथी तथा पूर्व क्रिकेटर एडम गिलक्रिस्टले मार्टिन अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका छन् ।
सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार, मार्टिन आगामी दिनहरूमा कोमाबाट बाहिर निस्कने आशा गरिएको छ । मेनिन्जाइटिस एक संक्रमण हो, जसले हाम्रो मस्तिष्क र मेरुदण्ड वरपरको सुरक्षात्मक तह (झिल्ली) को सूजन निम्त्याउछ ।
FACEBOOK COMMENTS