काठमाडौँ । भारतको कोलकोत्तमा हुने खुल्ला फूलकन्ट्याक्ट क्योकूशिन कराते च्याम्पियनसिप र आसाममा हुने चौथो अन्तर्राष्ट्रिय ओपन फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गरिएको छ ।
परिषदका सदस्य सचिव राम चरित्र मेहताले एक कार्यक्रममा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेका हुन् ।
दुबै च्याम्पियनसिप पुस २६ र २७ गते सन्चालन हुदैछन् । कोलकोत्तामा हुने च्याम्पियनसिपमा ७ जना महिला र १० जना पुरुष खेलाडी सहित २२ जना सहभागी हुने छन भने आसामको च्याम्पियनसिपमा २० जना पुरुष र ११ जना महिला खेलाडी सहित ४० जना सहभागी हुने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS