काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टीमा एकता पक्षमा रहेको जनाएका छन् ।
कोइरालाले पार्टीको विशेष महाधिवेशनको उद्घाटन हुनुअघि भिडियोमार्फत सन्देश जारी गरी यस्तो बताएका हुन् ।
उनले भने, ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ । म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन ।
महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएको बताएका छन्।
कोइरालाले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको उल्लेख गरेका छन् ।

FACEBOOK COMMENTS