काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्ना आमाबाबुको आशिर्वाद लिएर विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जान लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा तसबीर पोष्ट गर्दै महामन्त्री थापाले यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै गरेको उल्लेख गरेका छन् ।
संस्थापन पक्षले विरोध गरिरहेकै बेला काँग्रेसको विशेष महाधिवेशन आज र भोली भृकुटीमण्डपमा हुदैछ । यस विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा थापालाई सभापतिमा चयन गर्ने तयारी समेत भएको छ ।
FACEBOOK COMMENTS