काठमाण्डौँ —नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ लगानीकर्तासमक्ष संयुक्त लगानीका लागि २८ वटा परियोजना प्रस्ताव गरेको छ ।
महासंघका विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष चण्डिराज ढकालले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एन्ड इकोनोमिक कोअपरेशनले आयोजना गरेको दक्षिण एसिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद कार्यक्रममा लगानीको प्रस्ताव गरेका हुन् ।
सार्क उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका ढकालले पेश गरेका प्रस्तावित परियोजनामा उर्जासँग सम्बन्धित १०, सिमेन्टका २, निर्माण सामग्रीका २, कृषिका ३ परियोजना छन् ।
यस्तै, शिक्षाका २, अध्ययन अनुसन्धानका १, पर्यटन, होटल, रिसोर्टका ५, अफिस सप्लाईसँग सम्बन्धित १, उत्पादनमूलक र मिडियासँग सम्बन्धित २ वटा उद्योग छन् ।
ढकालले यी परियोजनामा संयुक्त लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरेको महासंघले जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS