काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए ।
थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयको कडा विरोध गर्दै प्रतिवाद गर्ने निर्णय गरेको बताए। उनले भोलि नै आफूहरू सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए। देउवा समूहले आयोगको उक्त निर्णय दूषित मनसायले प्रेरित रहेको ठहर गरेको छ ।
कांग्रेसलाई गम्भीर क्षति पुर्याउने मनसाय साथ निर्णय गरिएको भन्दै अदालतबाट आफूहरूले न्याय पाउने महतले विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS