काठमाडौं । काठमाडौँ महानगरको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । शनिबार महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेका हुन् ।
४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ । भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२।३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो । काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ ।
शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले, लामो समयदेखिको प्रयत्नबाट वडाबासीले सुविधा सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताए ।
७ हजार ७० वर्गफुट क्षेत्रफल हुने भवनको भूमिगत तला पार्किङ् प्रयोजनका लागि हुनेछ । २२ हजार २२९ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला ७ हजार २०३ वर्गफुटको हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार जमिन तला, पहिलो तला र दोस्रो तलाको क्षेत्रफल समान हुनेछ । भर्याङ् छोप्ने भाग ६९० वर्गफुटको हुनेछ । भवनको बाहिर विश्राम स्थल, बगैँचा र भविष्यमा स्वास्थ्य प्रवधैन केन्द्र निर्माण गर्न मिल्ने गरी अहिलेको भवन डिजाइन गरिएको श्रेष्ठको भनाइ छ । परम्परागत शैलीमा डिजाइन गरिएको भवनमा २ वटा लिफ्ट र २ वटा भर्याङ् हुनेछन् ।
वडा सचिव सुरेश दाहालका अनुसार भवन निर्माण गर्ने जमिन मनोहरा जग्गा एकीकरण आयोजनासँग करिब २८ करोड रुपियाँ लागतमा खरिद गरिएको हो ।

FACEBOOK COMMENTS