जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा गरेका छन् ।
आइतबार नै जनकपुर पुगेका शाहले सोमबार साँझ जानकी मन्दिरमा पूजा गरेका हुन् । जानकी मन्दिरमा पूर्वराजा शाहलाई मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । त्यस्तै शाहका समर्थकहरू पनि मन्दिर परिसरमै पुगेका थिए ।
शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
FACEBOOK COMMENTS