काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले भावी प्रधानमन्त्रीको हैसियतमा कालापानी र लिपुलेकबारे धारणा आवश्यक रहेको बताएका हुन् । उनले भने– ’हुनैवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईँको आधिकारिक स्टेटमेन्ट के हो ?’
थेबेले निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित एमाले जनतामाझ गएको बताए । थेबे एमालेबाट ताप्लेजुङमा प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।
FACEBOOK COMMENTS