काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन् ।
शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई अध्यक्ष बनाएको हो ।
यसअघि अध्यक्ष रहेका क्षितिज थेवे केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन् ।
माथिल्लो कमिटीमा निर्वाचित भएपछि तल्लो कमिटीको पद अनिवार्य रिक्त हुने एमालेको वैधानिक व्यवस्था अनुसार युवा संघले नयाँ अध्यक्ष चयन गरेको हो । क्षेवे फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार समेत बनेका छन् ।
अध्यक्षमा चयन भएका गुरूङ यसअघि संघको उपाध्यक्ष थिए ।

FACEBOOK COMMENTS