काठमाडौं, भदौ २ – नबिल बैंक लिमिटेडले ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ।
कोरोना भाइरस (कोभिड-१९) महामारीबाट आफ्ना ऋणी निकै समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो। सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाइसकेको बैंकले बताएको छ। यस्तो छुट खराब कर्जाका ऋणीले भने नपाउने भएका छन्।
कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ। तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउने छैनन्, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने।
बैंकको यो प्रयासले ऋणीलाई राहत हुने बैंकको विश्वास छ। नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्।
FACEBOOK COMMENTS