विराटनगर । सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
मोरङ डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला घिमिरे बेहोस भएर ढलेका थिए । उनलाई उच्च रक्तचाप देखिएको थियो ।
बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो । घिमिरेको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाईविराटनगर मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारका क्रममा राति ८ बजेर ५२ मिनेटमा निधन भएको थियो ।
FACEBOOK COMMENTS