काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि सहज जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा ब्रयान एम्बेउमो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको २९औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटनह्याम १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको २५ खेलमा ४४ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको २५ खेलमा २९ रन रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS