काठमाडौं । इन्डेक्स एक्सचेन्जले ५० वर्ष पूरा गरेको अवसरमा “शान – ए – रमजान सिजन ५“ सु गरेको छ ।
एक्सचेन्जले यूएईमा सेवा प्रदान उत्कृष्टताको ५० वर्षको स्वर्ण जयन्ती अवसरमा उक्त योजना ल्याएको हो । स्वर्ण जयन्ती उत्सवसँगै विश्वास, समुदायसँगको सम्बन्ध र यूएईमा रहेका प्रवासी समुदायसँगको साझा प्रगतिको यात्रालाई कम्पनीले गर्वका साथ स्मरण गरेको छ।
उक्त अवसरमा एक्सचेन्जले आफ्नो नयाँ ह्ँष् मोबाइल एप पनि सार्वजनिक गरेको छ। यस पहल मार्फत परम्परा, कृतज्ञता र डिजिटल नवप्रवर्तनलाई एकसाथ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
पाँच दशकदेखि इन्डेक्स एक्सचेन्ज केवल वित्तीय सेवा प्रदायक मात्र नभई यूएईमा रहेकस लाखौँ प्रवासीहरूको दैनिक जीवनमा विश्वासिलो साझेदारको रूपमा स्थापित हुँदै आएको छ। परिवारलाई स्वदेशमा रहेका आफन्तलाई सहयोग गर्न सहज बनाउनेदेखि लिएर यूएईमा नयाँ जीवन सुरु गर्न सहयोग पुर्याउँदै, कम्पनीले सेवा गर्ने समुदायसँगै आफ्नो विकास गरेको हो।


दृढ मूल्य, जिम्मेवार अभ्यास र बहुसांस्कृतिक आवश्यकता प्रतिको गहिरो बुझाइका आधारमा इन्डेक्स एक्सचेन्जले पुस्तौँपुस्तासम्म विश्वास आर्जन गरेको छ, जुन यूएईको खुलापन, विकास र अवसरको यात्रासँग मेल खाने गरेको छ।

यस अवसरमा इन्डेक्स एक्सचेन्जका अध्यक्ष हमद जस्सिम अल दरविशले ५० वर्षको यात्राले पुस्तौँपुस्तासम्म निर्माण भएको विश्वास र सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे। यूएईसँगै अघि बढ्दै इमानदारी र नवप्रवर्तनका साथ समुदायको सेवा गर्ने प्रतिबद्धता कायमै रहेको उनले बताए ।

एक्सचेन्जका प्रमुख सञ्चालन अधिकृत सैयद अब्दुस सलामले ५० वर्षको उपलब्धिलाई सबैका लागि अर्थपूर्ण भएको बताउँदै, ग्राहकहरूको विश्वास, कर्मचारीहरूको समर्पण र यूएईको सहयोगी वातावरणका कारण यो यात्रा सम्भव भएको उल्लेख गरे।“शान – ए – रमजान सिजन ५“ मार्फत कृतज्ञता व्यक्त गरिएको र ह्ँष् मोबाइल एपमार्फत ग्राहकहरूलाई सजिलो, सुरक्षित र सुविधाजनक सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए।



प्रमुख व्यवसाय अधिकृत मिर के रसूलले ५० वर्षदेखि ब्रान्डलाई विश्वास, मानिस र नवप्रवर्तनमा आधारित रूपमा निर्माण गरिएको उल्लेख गरे । “शान – ए – रमजान सिजन ५“ र ह्ँष् मोबाइल एपको सुरुवातले सरल, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता र ‘आगामी ५० बर्ष को लागि तैयारू भन्ने नारालाई प्रतिबिम्बित गर्ने उनले बताए ।
पवित्र रमजान महिनासँगै “शान – ए – रमजान सिजन ५“ इन्डेक्स एक्सचेन्ज र यसको ग्राहकहरूका लागि वार्षिक परम्पराको रूपमा स्थापित भएको छ। पाँचौँ सिजनमा प्रवेश गरेको यस वर्षको अभियान कम्पनीको ५०औँ वार्षिकोत्सवसँग विशेष महत्व बोकेको छ। रमजानको भावनामा आधारित “शान – ए – रमजान सिजन ५“ कृतज्ञताको उत्सव हो, जसले ग्राहकहरूको निष्ठालाई सम्मान गर्दै इन्डेक्स एक्सचेन्जको सामुदायिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको छ। यसले उदारता, करुणा र एकताको मूल्यलाई प्रतिबिम्बित गर्दछ।
ग्राहकहरूको अपेक्षा परिवर्तन हुँदै जाँदा इन्डेक्स एक्सचेन्ज नवप्रवर्तनमा केन्द्रित रहेको छ। ह्ँष् मोबाइल एपले दैनिक कारोबारलाई छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्य राख्दै दशकौँ देखि कायम रहेको सुरक्षा र विश्वसनीयतालाई निरन्तरता दिने जनाएको छ।
पाँच दशकको यात्रापछि इन्डेक्स एक्सचेन्ज अब आत्मविश्वास र स्पष्ट उद्देश्यका साथ नयाँ अध्यायतर्फ प्रवेश गरेको छ। दीर्घकालीन विश्वास, प्रविधिगत सुदृढता र यूएईको भविष्यबाट प्रेरित हुँदै, कम्पनीले आगामी पुस्तासम्म सेवा दिने प्रतिबद्धता दोहोर्याएको छ।
स्वर्ण जयन्तीको अवसरमा इन्डेक्स एक्सचेन्जले विगत ५० वर्षझैँ भविष्यमा पनि आफ्ना ग्राहकहरूको साथमा निरन्तर उभिरहने जनाएको छ ।
FACEBOOK COMMENTS