काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलहरुमा बोर्नमाउथ र न्यूक्यासल यूनाइटेड विजयी भएका छन् भने चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् ।
बोर्नमाउथले एभर्टनलाई २-१ ले पराजित गरेको थियो । बोर्नमाउथको जितमा रायारी र अमिन अदलीले एक एक गोल गरेका थिए भने एभर्टनका लागि लिमान एनडियले एक गोल गरेका थिए । त्यसै यस खेलमा जाक ओ ब्रायनले खेलको ६९औं मिनेटमा रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सिमित भएको थियो ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई २-१ पराजित गरेको छ । न्यूक्यासलको जितमा मालिक थिआव र ज्याकब राम्सीले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि आर्ची ग्रेले एक गोल गरेका थिए ।
त्यस्तै म्यानचेस्टर युनाइटेड वेस्टह्यामसँग हारबाट बचेको छ । गएराती सम्पन्न वेस्टह्याम र म्यानचेस्टर युनाइटेड १-१ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा बेन्जामिन सेस्कोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई हारबाट बचाएका थिए । त्यसअघि वेस्टह्यामका लागि थोमस सोउसेकले एक गोल गरेका थिए ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ । यस खेलमा चेल्सीका लागि जोआओ पेड्रो र कोल पार्मरले एक एक गोल गरेका थिए । त्यस्तै लुकास निमेचा र नोआह ओकाटोरले एक एक गोल गरेका थिए ।

यी खेलपछि म्यानचेस्टर युनाइटेडको २६ खेलमा ४५ अंक रहेको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै चेल्सीको २६ खेलमा ४४ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी बोर्नमाउथको २६ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै न्यूक्यासलको २६ खेलमा ३६ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ भने लिड्स युनाइटेडको २६ खेलमा ३० अंक रहेको छ र लिगमा १५औं स्थानमा छ । त्यस्तै टोटनह्यामको २६ खेलमा २९ अंक रहेको छ भने लिगमा १६औं स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS