काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवालाई चुनाव प्रचारप्रसारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सभापति गगनकुमार थापा र निवर्तमान सभापति देउवासँगै वक्तव्य निकाल्ने तयारी भएको बताएका हुन् ।
‘उहाँहरूसँग कुराकानी गर्ने कुरामा सबै जना सहमत छन् । दुई–चार दिनदेखि मेहनत भइरहेको छ,’ प्रवक्ता चालिसेले भने, ‘अरु केही नभएपछि तत्काललाई स्टेटमेन्ट निकालौँ, भावनात्मक अपिल गरौँ भन्नेछ ।’
पहिले जेन जी आन्दोलनपछि निवर्तमान केन्द्रीय समितिमा देउवाले राखेको मन्तव्यजस्तै केही बोलिदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठूलो माहौल सिर्जना हुने सम्भावना रहेको उनको दाबी छ ।
FACEBOOK COMMENTS