काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ६ गते कैलालीको धनगढीस्थित महोत्सव मैदानमा आमसभा आयोजना गर्ने जानकारी दिएको छ ।
सो कार्यक्रमलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेंद्र शाह ९बालेन०ले संयुक्त रूपमा सम्बोधन गर्ने तय भएको छ ।
यसअघि दुवै नेताले माघ ५ गते जनकपुरमा एकसाथ सम्बोधन गरेका थिए ।
वरिष्ठ नेता शाहले कोशी प्रदेशका पहाडी जिल्लासहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पुगिसकेका छन् भने हाल उनी मधेस प्रदेश केन्द्रित कार्यक्रमहरूमा संलग्न छन् । त्यस्तै सभापति लामिछाने पनि चितवन, नवलपरासी हुदै हाल पोखरा पुगेका छन् ।

FACEBOOK COMMENTS