काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का उपाध्यक्ष हेमराज ढकालको व्हाट्सएप एकाउन्ट ह्याक भएको छ।
ढकालका अनुसार राति करिब ११ बजेदेखि उनका आफन्त, साथीभाइ तथा व्यवसायिक सम्पर्कहरूलाई व्हाट्सएपमार्फत “अत्यावश्यक पैसा चाहिएको” भन्दै सन्देश पठाउन थालिएको थियो।
नेपालभित्र मात्र होइन, विदेशमा रहेका चिनेजानेकाहरूलाई समेत धमाधम म्यासेज पुगेपछि कतिपयले प्रत्यक्ष फोन गरेर पैसा चाहिएको हो कि होइन भनेर सोध्न थाले। त्यसपछि मात्र आफू ह्याक भएको थाहा पाएको ढकालले बताए।
ह्याकरहरूले ‘सञ्जय कुमार राम’ नामको व्यक्तिको राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोड पठाएर रकम ट्रान्सफर गर्न आग्रह गरेको खुलेको छ।
ढकालले सबैलाई यस्ता सन्देशप्रति सतर्क रहन आग्रह गरेका छन्। साथै, आफूले कुनै पनि माध्यमबाट पैसा नमागेको स्पष्ट पारेका छन् । यस घटनाबारे साइबर ब्यूरोमा उजुरी दिने तयारी भइरहेको बताइएको छ।

FACEBOOK COMMENTS