काठमाडौँ । जिम्बाबेले अस्ट्रेलियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी–२० विश्वकपको समुह बी अन्तर्गतको खेलमा जिम्बाबेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।
जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । जिम्बाबेले टी–२० खेलमा अस्ट्रेलियालाई २००७ पछि पहिलो पटक पराजित गरेको छ ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो । जिम्बाबेका लागि ब्रियान बेन्नेटले अविजित ६४ रन बनाए भने ताडीवानाशे मारुमानी र रयान बुरीले ३५–३५ रन बनाएका थिए । त्यस्तै सिकन्दर राजाले अविजित २५ रन बनाएका थिए । त्यसैगरी अस्ट्रेलियाका बलर मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले एक एक विकेट लिएका थिए ।
यो जितपछि पछि जिम्बाबेको २ खेलमा ४ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अस्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल श्रीलंकाविरुद्ध आगामी सोमबार खेल्ने छ । त्यस्तै जिम्बाबेले आगामी मंगलबार आयरल्याण्डसँग खेल्ने छ ।
FACEBOOK COMMENTS