काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा हंगेरी पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोखलाको कालिन्चोक गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं, गोकर्णेश्वर नगरपालिका–८ बस्ने महेश तामाङ रहेका छन् ।
उनलाई काठमाडौं–१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङसँग तीन लाख रुपैयाँ बिगो माग गरिएको छ ।
FACEBOOK COMMENTS