काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई हार्दिक बधाई सन्देश व्यक्त गरेकी छन् ।
सन्देशमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै निर्वाचन सम्पन्न गर्नु बंगलादेशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेकी छन् । साथै उनले तारिक रहमान र बंगलादेश राष्ट्रिय पार्टीलाई उल्लेखनीय जित दिलाएकोमा विशेष बधाई दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले रहमानको नेतृत्वमा पार्टीले प्राप्त गरेको विजयलाई ऐतिहासिक उपलब्धि भन्दै आगामी दिनमा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् ।
उनले छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउने, पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरेकी छन् ।
FACEBOOK COMMENTS