काठमाडौँ । बलिवुडका चर्चित निर्माता निर्देशक विक्रम भट्ट दम्पत्तिलाई सर्वोच्च अदालतले राहत दिएको छ ।
निर्माता विक्रम भट्ट र उनकी पत्नी श्वेतांबरी भट्टलाई सर्वोच्चले जमानत दिएको हो । दुवैजना गत ७ डिसेम्बरदेखि जेलमा बन्द थिए । उनीहरूमाथि एक व्यवसायीसँग ठूलो नाफा हुने आश्वासन दिँदै करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
मुख्य न्यायाधीश सूर्य कांत र न्यायाधीश जॉयमाल्या बागची को संयुक्त इजलासले उदयपुर जेलबाट तत्काल रिहा गर्न आदेश दिएको हो। साथै, सम्बन्धित प्रमुख न्यायिक मजिस्ट्रेटलाई आवश्यक नियम र सर्त उल्लेख गर्दै जमानत आदेश जारी गर्न निर्देशन दिइएको छ ।
सर्वोच्च अदालतले उजुरीकर्ता अजय मुर्डिया र राजस्थान सरकारलाई आगामी १९ फेब्रुअरीको सुनुवाइमा उपस्थित हुन नोटिस पनि पठाएको छ ।
यसअघि ३१ जनवरीमा राजस्थान उच्च न्यायालय ले दम्पतीको जमानत निवेदन खारेज गरेको थियो । उजुरीपछि ७ डिसेम्बरमा उनीहरूलाई मुम्बईबाट पक्राउ गरी उदयपुर लगिएको थियो ।
व्यवसायी मुर्डियाले दायर गरेको मुद्दामा भट्ट दम्पतीले फिल्म निर्माणमा लगानी गराए ठूलो मुनाफा दिलाउने आश्वासन दिई करिब ३० करोड भारतीय रुपैयाँ लिएको तर सो रकम दुरुपयोग गरेको आरोप छ । साथै, विभिन्न नाममा नक्कली बिल बनाएर थप रकम असुल गरेको र फिल्मका नाममा लिइएको पैसा व्यक्तिगत खातामा जम्मा गरिएको दाबी गरिएको छ ।

FACEBOOK COMMENTS