काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका प्रमुख एडमिरल साम्युएल पापारोले शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको बताइएको छ । आपसी सहकार्य, क्षेत्रीय स्थिरता र पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त भेटमा काठमाडौंस्थित अमेरिकी दुताबासका कार्यवाहक राजदूत स्कट उरबोम तथा दुवै पक्षका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS