काठमाडौँ । क्यानडाले न्युजील्याण्डलाई १७४ रनको लक्ष्य दिएको छ ।
जारी टी–२० विश्वकप अन्तर्गत समुह डी अन्तर्गतको खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको हो ।
क्यानडाका लागि युवराज सिंह समराले ११० रनको शतकीय पारी खेलेका थिए । उनले ६५ बलमा ६ छक्का र ११ चौका प्रहार गर्दै ११० रन बनाएर आउट भएका थिए । यो यस विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको दोस्रो शतक हो । त्यस्तै कप्तान दिलप्रित बाजवाले ३६ रन बनाएका थिए ।
त्यस्तै क्यानडाका बलर माट हेनरी, ज्याकोब डफी, कील जामिएसन र जिम्मी निशामले एक एक विकेट लिएका थिए ।
समुह डी मा क्यानडाले यसअघिका दुवै खेलमा हार बेहोरेको छ भने भने न्यूजील्याण्डले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

FACEBOOK COMMENTS