मुम्बई जिम्बावे र आयरल्यान्डबीच ट्वान्टी–२० विश्वकप २०२६ को समूह ’बी’को क्यान्डीमा हुनुपर्ने खेल वर्षा कारण रद्द गरिएको छ । यो नतिजापछि जिम्बावे सुपर एटका लागि छनोट भएको छ । यो समूहबाट यसअघि नै श्रीलंका अर्को चरण पुगिसेकेको छ ।
उपाधिको बलियो प्रत्यासी मानिएको अस्ट्रेलिया भने यो नतिजासँगै प्रतियोगिताबाट बाहिरिएको छ । अस्ट्रेलिया जिम्बावे र श्रीलंकाविरुद्धको खेलमा पराजित भएको थियो र यी हार उसका लागि निकै महँगो साबित भयो ।
क्यान्डीमा हुनुपर्ने खेल वर्षाले एक बल पनि सम्भव भएन । यो नतिजापछि श्रीलंका ६ र जिम्बावे ५ अंकमा रहे । त्यस पछाडि आयरल्यान्डको ३ र अस्ट्रेलियाको २ अंक भएको छ । ओमान भने शून्य अंकमा रहेको छ ।
FACEBOOK COMMENTS