बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने भएको छ ।
रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उमेदवार छन् । आफ्ना उमेदवार अनुशासनको कारबाहीमा परेकाले रुपन्देही–३ मा एमालेका घिमिरेलाई सघाउने प्रलोपाले निर्णय गरेको हो ।
प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उमेदवार घिमिरेलाई मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ ।
पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्तरूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही–३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराएका छन् ।
FACEBOOK COMMENTS