काठमाडौँ । दक्षिण अफ्रिकाले जारी टी–२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ ।
बुधबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १२३ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १३.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
योसँगै दक्षिण अफ्रिकाको ४ खेलमा ८ अंक भएको छ र विश्वकपको सुपरआठमा पुगेको छ । त्यस्तै युएईले भने ४ खेलमा एक जित र ३ हारसहित आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ ।
FACEBOOK COMMENTS