काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गूगल तथा यसको मातृ कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईसँग भेटवार्ता गरेका छन् ।
बुधबार भेटका क्रममा भारतले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा गरिरहेको कामबारे छलफल भएको र यस क्षेत्रमा गूगलले भारतीय विद्यार्थी तथा पेशेवरहरूसँग सहकार्य कसरी गर्न सक्छ भन्ने विषयमा पनि विचार आदानप्रदान भएको प्रधानमन्त्री मोदीले बताएका छन् ।
पिचाई हाल दिल्लीमा जारी ‘इन्डिया एआई इम्प्याक्ट समिट’मा सहभागी हुन आएका छन् । उक्त सम्मेलन भारत मण्डपममा प्रदर्शनीसहित आयोजना गरिएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै एआई इम्प्याक्ट समिटका क्रममा पिचाईसँग भेट भएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले भारतले एआई क्षेत्रमा गरिरहेको प्रगतिबारे छलफल भएको र गूगलले भारतीय प्रतिभासँग सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि कुराकानी भएको उल्लेख गरेका छन् ।

FACEBOOK COMMENTS