काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेस आफ्नो प्रतिज्ञाको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसले बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामा बोल्दै काँग्रेसले सार्बजनिक गरेका प्रतिज्ञा सत्तामा रहेपनि प्रतिपक्षमा रहेपनि पार्टीका सबै तहका नेताले पालना गर्ने बताएका हुन् ।
उनले काँग्रेसले नेपालीलाई सम्मानित भएर बाच्न सक्ने बनाउने प्रतिज्ञा काँग्रेसले गर्ने बताएका छन् । उनले काँग्रेसले प्रश्न गर्ने युवा भदौ २३ मा जस्तो मर्न पर्दैन भन्दा अब नकाब लगाएर सिंहदरबार जलाउन नपर्ने प्रतिज्ञा काँग्रेसले गर्ने बताए ।
उनले घुस दिन नपर्ने, किसानले मल नपाउने, लाइन बसेर सेवा लिन नपर्ने सबै अवस्था बदल्ने काँग्रेसले प्रतिज्ञा गरेको बताउदै यी सबै लेख्न र भन्नका लागि नगरेको स्पष्ट गरे । उनले स्वास्थ्य, कृषि, शिक्षा, महिला लगायतका २७ क्षेत्रमा काम गर्ने गरी आफुहरुले प्रतिज्ञा पत्र ल्याएको बताए ।
उनले काँग्रेसलाई एक्लै देश बन्छ भन्ने भ्रम नरहेको स्पष्ट गर्दै काँग्रेसले देशको नेतृत्व गर्ने भन्दै सबै दल, निर्वाचित जान प्रतिनिधिलाई एउटा टिम बनाएर देश बनाउने बताए । उनले टिम नेपालले सबैलाई जोडेर देशमा रहेको सुशासन र गरिबीलाई हराउने भन्दै काँग्रेसले अबको पाँच बर्ष खेर नफाल्ने बताए ।

थापाले मधेशको वित्तीय संरचना खलबलिएको बताउदै जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताए । उनले भने, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ।’

FACEBOOK COMMENTS