काठमाडौं । सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त आयोजना गर्ने आईसीसी पुरुष ट्वान्टी– २० विश्वकपका लागि १२ टोली छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सहभागी रहने टोलीको टुंगो लगाएको हो । अस्ट्रेलिया र न्युजिल्यान्ड आयोजकका रूपमा छनोट भएका छन् ।
यसैगरी, अहिले भइरहेको ट्वान्टी– २० विश्वकपको सुपर– ८ मा स्थान बनाएका भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इंग्ल्यान्ड, वेस्ट इन्डिजले पनि सिधै आगामा विश्वकप खेल्ने छन् ।
यस्तै, ट्वान्टी– २० अन्तर्राष्ट्रियको पछिल्लो वरियताका आधारमा अफगानिस्तान, बंगलादेश र आयरल्यान्डले पनि विश्वकपमा सहभागिता जनाउने छन् ।
अब क्षेत्रीय छनोटबाट बाँकी ८ टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । अमेरिकाबाट १, युरोप र अफ्रिकाबाट २–२ र एसिया तथा पूर्वी एसियाबाट ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

FACEBOOK COMMENTS