जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ६ धौलापानीमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप दिउँसो करिब १२ बजेर ५ मिनेटमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनालगत्तै निर्वाचन क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल को मोबाइल टोलीले नेपाल प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।
घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS