काठमाडौं । एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन्।
सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई स्वागत गरिएको हो।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन्। नेकपा एमाले रसुवाका जिल्ला कमिटीका अध्यक्ष जनार्दन ढकाल लगायत ७८ जना कांग्रेस प्रवेश गरेका छन्।
FACEBOOK COMMENTS