काठमाडौँ । भीम सार्कीले जय ट्रफीमा शतक प्रहार गरेका छन् ।
त्रिभुवन आर्मीबाट खेलिरहेका भीम सार्कीले १०८ बल खेल्दै नेपाल पुलिस क्लबविरुद्ध शतक पुरा गरेका हुन् । जय ट्रफी अन्तर्गत यस खेलमा नेपाल पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८७ रन बनाएर इनिंग घोषणा गरेको थियो ।
जवाफमा ब्याटिंग गर्न आएको त्रिभुवन आर्मी क्लबले यो समाचार तयारी गरुन्जेल ४० ओभरमा ९ विकेट गुमाउदै २३४ रन बनाएर इनिंग घोषणा गरेको छ र त्रिभुवन क्लबले ४७ रनको अग्रता हासिल गरेको छ ।
FACEBOOK COMMENTS