काठमाडौँ, भदौ ४ – चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
कोरोनाबाट संक्रमित रत्ननगर नगरपालिका वडा नम्वर १३ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको हो। उनी ६ दिनदेखि कोभिड १९ संक्रमण भई भरतपुर अस्पतलाको कोभिड आईसीयूमा उपचाररत थिए।
मृत्यु भएका पुरुष विभिन्न रोगबाट संक्रमित समेत भएको अस्पतालले जानकारी दिएको छ। अहिलेसम्म देशभर कोरोनाबाट १ सय २० जनाको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS