काठमाडौँ, भदौ ४ – काठमाडौँमा निषेध आदेश जारी गरिएको पहिलो दिन अत्यावश्यक काम बिनै बाहिर निस्कने १ हजार १७० जना कारबाहीमा परेका छन् ।
प्रहरीले उनीहरूलाई दुई घन्टा होल्डमा राखेको छ । निषेध आदेशमा पनि बाहिर हिँडडुल गर्ने काठमाडौका ४३७ जना, ललितपुरका ४९८ जना र भक्तपुरमा २३५ जनालाई होल्डमा राखेको हो ।
त्यस्तै, अत्यावश्यक काम बिनै बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शुसीलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरूमा निषेध आदेशको पूर्ण रुपमा पालना भएको जानकारी दिए ।
उपत्यकाको सडकमा मात्रै निषेध आदेश पालना गराउन ३३ सय प्रहरी परिचालन भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शुसीलकुमार यादवले जानकारी दिए ।
उपत्यकामा भाद्र ४ गते देखि १० गतेसम्मको लागि निषेध आदेश जारी गरिएको छ ।
FACEBOOK COMMENTS