काठमाडौं । अनरले एक्स्ट्रिम च्याम्पियन ‘अनर एक्सफाइभसी’ सार्वजनिक गरेको छ । आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै सबै नयाँ ‘अनर एक्सफाइभसी’ नेपालमा एक्स्ट्रिम च्याम्पियनका रूपमा सार्वजनिक गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उत्कृष्ट क्यामरा स्पष्टता, भरपर्दो कार्य र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्टफोन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
दैनिक प्रयोगमा अझ उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘अनर एक्सफाइभसी’ ले स्टाइल, शक्ति र उपयोगितालाई सन्तुलित रूपमा प्रस्तुत गर्छ । ‘अनर एक्सफाइभसी’ मा समावेश गरिएका जीवन्त र उच्च विवरणयुक्त तस्बिर खिच्न सक्षम बनाउने कम्पनीले बताएको छ ।
भरपर्दो मिडिया टेक प्रोसेसर तथा पर्याप्त स्टोरेज क्षमताका साथ यसले सहज मल्टिटास्किङ, द्रुत एप सञ्चालन र समग्र रूपमा स्मुथ प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । १५ हजार ९ सय ९९ देखि सुरु हुने अनरको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँसम्म रहेको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS