काठमाडौँ । भारतको तृणमूल कांग्रेसका वरिष्ठ नेता तथा पूर्व रेलमन्त्री मुकुल रयको निधन भएको छ ।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित ७१ बर्षका राय कोलकातास्थित एक निजी अस्पतालमा उपचाररत थिए ।
अस्पतालका चिकित्सकका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र अस्पताल आवतजावत भइरहने गरेको जनाइएको छ ।
रय सन् २०२१ को विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) को टिकटबाट कृष्णनगर उत्तर सीटबाट विजयी भएका थिए । त्यसपछि उनी पुन: तृणमूल कांग्रेसमा फर्किएका थिए, तर विधायक पदबाट राजीनामा दिएका थिएनन् ।
यसअघि सन् २०१२ मा तत्कालीन संयुक्त प्रगतिशील गठबंधन (यूपीए) सरकारका समयमा उनी करिब छ महिनासम्म भारतका रेलमन्त्री बनेका थिए ।

FACEBOOK COMMENTS