मदन तिमल्सेना तनहुँ, भदौ ५ – तनहुको भानु नगरपालिका वडा नम्बर ११ रुपाकोट स्वास्थ्य चाैकिमा कार्यरत अनमी अन्जना अधिकारी र उनका भाइ सन्जिव अधिकारीको पिसिआर रिपोर्ट नेगेटिभ आउदा पनि नजरबन्दमा परेका छन्। उनीहरु सहित परिवारका सम्पूर्ण सदस्यहरुलाई विगत ५ दिन देखि घरबाट बाहिर ननिस्कन उर्दी गरि घरमा नै नजरबन्दि गराई राखिएको हो ।
पि.सि.आर परिक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको भए पनि भानु नगरपालिका ११ का वडा अध्यक्ष तारानरेश पौडेल र टोलविकास संस्थाका अध्यक्ष शालिकराम अधिकारीले उनीहरुलाई नजरबन्दमा बस्न वाध्य पारेको बुझिएको छ ।
पिसिआर रिपोर्ट नेगेटिभ आउदा पनि घर बाहिर निस्कन समेत नदिएको भन्दै उनीहरुले अमानवीय व्यवहार भएको हुदा दोषीहरूलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएका थिए । यसरी ५ दिन देखि स-परिवारलाई घरबाट बहिर ननिस्कन उर्दी गरि घरमा नजरबन्दि गराई समाजिक बहिस्कार घटना प्रति भानु नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझएका छन् ।
उक्त ज्ञापनपत्रमा भानु नपा ११ का वडा अध्यक्ष तारानरेश पौडेल र टोलविकास संस्थाका अध्यक्ष शालिकराम अधिकारीलाई कार्वाही नभएको खण्डमा काम ठप्प पारि , आन्दोलनमा उत्तिने समेत बताएका छन् । पिसिआर परिक्षण गरेका मेयर र वडा अध्यक्षहरु भने नेगेटिभ रिपोर्ट आएपछि निर्धक्कसँग बजार डुलेका छन् ।
FACEBOOK COMMENTS