काठमाडौं । सवारी साधन सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै छ ।
ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै कपनमा चाँडै वर्कसप सञ्चालनमा ल्याउन लागेको हो ।
सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सय वटा पुर्याएको छ ।
कम्पनीले सञ्चालनमा ल्याउँदै गरेको अत्याधुनिक वर्कसपका कारण कम्पनीका बाइकहरूको नियमित मर्मत–सम्भार हुनुका साथै बाइकहरूको सुरक्षा र कार्यक्षमतामा समेत सुधार आउने कम्पनीले अपेक्षा राखेको छ ।
‘आरवाईडी नेपाल’ काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड–न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ। यसले मर्मतको खर्च र तनावबाट राइडरलाई मुक्ति दिनेछ।
राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन ८०० रूपैयाँ मात्र भाडा तोकेको छ। यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता छैन । आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्न सक्ने मोडल पनि तयार गरेको छ। यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्नेछ।

कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप १५ सय को पेट्रोल पनि उपलब्ध गराउनेछ । आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु हो ।

साथै राइडरलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूले भोग्ने समस्या समाधानमा कम्पनी अभिभावकको रूपमा प्रस्तुत भइरहेको छ । राइडरहरुलाई विना झन्झट सुरक्षित यात्राको सहयात्री बन्न कम्पनी प्रतिबद्ध छ ।



FACEBOOK COMMENTS