काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र धेरै कुरामा विमति भएपनि अन्तर्विरोधलाई थाती राखेर एकताबद्ध चुनावी लाग्न आह्वान गरेका छन्।
पङ्क्ति एकताबद्ध भएर फागुन २१ गते पार्टीका १६३ ठाउँमा उम्मेदवार रहेको भन्दै जिताउन लाग्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘पार्टीभित्र धेरै कुरामा हाम्रा विमति छन्, असहमति छन्, सहमति छन्, त्यो आफ्नो ठाउँमा छ। पार्टीका महाधिवेशनमा हामीले छलफल गरेका छौँ, पार्टीका अधिवेशनहरूमा हामीले छलफल गरेका छौँ। त्यस क्रममा लाइक, डिस्लाइक अनेक भएका छन्।
त्यो पीडा पार्टीभित्र छ, त्यो यथार्थ हो। तर अहिलेको अवस्थामा हामीले पार्टीभित्रका द्वन्द्वहरूलाई, अन्तर्विरोधहरूलाई थाती राख्ने समय हो। यतिबेला सिङ्गो नेकपा एमाले टुप्पीदेखि पैतालासम्म एकताबद्ध भएर नेकपा एमालेको विजयमा एक ठाउँमा उभिने बेला हो।’
उनले भदौ २३/२४ गतेको जेनजी आन्दोलनमा उठाइएको सुशासन र भ्रष्टाचारसँग सम्बन्धित माग महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।विगतमा सरकार चलाउँदा सुशासनको सवाल, भ्रष्टाचार उन्मूलनलगायतको काममा परिणाममुखी काम गर्न नसकेको कुरा स्वीकारेका छन्।
उनले थपेका छन्, ‘हाम्रै पार्टीका कतिपय नेताहरू यस्तो विषयमा जोडिनुभएको छ। भ्रष्टाचारका मुद्दामा जोडिएका छन्। ती कति सत्य छन्, कति असत्य छन्, राज्यको निकायले छानबिन होस् भन्ने हामी चाहन्छौँ। नेकपा एमाले र यसका नेताहरू छानबिनको दायराभन्दा टाढा जानु हुँदैन। हामी त्यो दायराभित्र बस्न चाहन्छौँ। र राज्यका निकायले छानबिन होस् भन्ने चाहन्छौँ।

FACEBOOK COMMENTS