काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।
ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले आफूलाई चिन्तित तुल्याएको बताउँदै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन समेत अनुरोध गरेका छन् ।

FACEBOOK COMMENTS