काठमाडौँ । आज विश्वभर शून्य भेदभाव दिवस मनाइदैछ । यो संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले मनाउने वार्षिक दिवस हो ।
यस दिनको मुख्य उद्देश्य कानून अगाडी समानता र संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूमा समान व्यवहार प्रवर्द्धन गर्नु हो । यो दिवस पहिलो पटक १ मार्च २०१४ मा मनाइएको थियो । यसलाई सुरु गर्ने क्रममा युएनएड्सका कार्यकारी निर्देशक मिशेल सिदीबेले २७ फेब्रुअरी २०१४ मा बीजिङमा एक प्रमुख कार्यक्रम आयोजना गरेका थिए ।
फेब्रुअरी २०१७ मा, युएएड्सले मानिसहरूलाई भेदभाव रोक्ने, आफ्ना महत्वाकांक्षा, लक्ष्य र सपना हासिल गर्ने तरिकामा सक्रिय भूमिका खेल्न आग्रह गरेको थियो । विशेषगरी यो दिवसको उद्धेश्य एचआईभी/एड्ससँग जुझिरहेका मानिसहरूविरुद्धको भेदभावको सामना गर्छन्, तिनीहरूलाई सम्मान गर्ने रहेको छ ।
यो वर्षको शून्य भेदभाव दिवसमा युएनएड्सले एचआईभी/एड्ससँग जुझिरहेका र जोखिममा रहेका व्यक्तिहरूले भोगिरहेका दीर्घकालीन भेदभावमाथि प्रकाश पारेको छ । यसले स्वास्थ्य सेवा पहुँचमा अवरोध, अधिकारको उल्लङ्घन र २०३० सम्म एड्स अन्त्य गर्ने लक्ष्यमा ढिलाइ गरिरहेको बताइएको छ ।
सर्वेक्षण र तथ्यांकले एचआईभीसम्बन्धी भेदभावले जीवन नै जोखिममा पारिरहेको छ । २५ देशका ३० हजारभन्दा बढी एचआईभी संक्रमित व्यक्तिबाट सङ्कलित तथ्यांक अनुसार, स्वास्थ्य पहुँच, सम्मान र मानवअधिकारमा भेदभाव अझै व्यापक रूपमा बाधक बनेको छ ।

एक रिपोर्टका अनुसार, करिब प्रत्येक चार मध्ये एक व्यक्तिले अन्य मानिसबाट, विशेषगरी स्वास्थ्य सेवा क्षेत्रमा, भेदभावको अनुभव गरेको बताएका छन् । यस्तो भेदभावले जीवन बचाउने सेवा प्राप्त गर्न विश्वासमा बाधा पुर्याउँछ ।

त्यसैगरी, ८५ प्रतिशत एचआईभी संक्रमित व्यक्तिहरूले आन्तरिक कलंक महसुस गरेका छन् । उनीमध्ये धेरैले अस्वीकार र मूल्याङ्कनको डरले आफ्नो स्वास्थ्य अवस्थाबारे लुकाउने वा उपचार रोक्ने जस्ता व्यवहार परिवर्तन गर्न बाध्य भएका छन् ।

युएनएड्सले एचआईभीसँग सम्बन्धित कलंक केवल सानो समस्या होइन, बरु २०३० सम्म एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न ठूलो बाधा भएको बताएको छ ।

यो दिवसले विश्वभर समानता, समावेशी समाज र भेदभावविरुद्धको जागरूकता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
FACEBOOK COMMENTS