काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९ दशमलव २७ अंकले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो ।
साताको कारोबारको पहिलो दिन आइतबार ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव १६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ३६ करोड पाँच लाख तीन हजार १४० बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS