काठमाडौँ । इजराइलको वायु सेनाले अमेरिकी सेनासँगको संयुक्त हमलामा गत २४ घण्टामा ईरानमा १२ सयभन्दा बढी बम प्रहार गरिएको जानकारी दिएको छ । यस क्रममा ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको छ ।
खामेनीको कार्यालय कम्प्लेक्समा शनिबार ३० मिसाइलले हमला गरेको थियो । यस हमलामा उनका छोरी, ज्वाई, बुहारी र नातिनीसहित करिब ४० कमाण्डरहरू मारिएको बताइएको छ । हमला हुने बेलामा खामेनीले कमाण्डरहरूसँग बैठकमा रहेको बताइएको छ ।
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार राती खामेनेईको मृत्युको जानकारी दिएका थिए । केही समयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको मृत्यु भएको दावी गरेका थिए । आइतबार बिहान ईरानी सरकारी समाचार एजेन्सी ‘तसनीम’ र ‘फार्स’ ले यसलाई पुष्टि गरेका थिए ।
खामेनीको मृत्यु पछि ईरानमा ४० दिनको राजकीय शोक र सात दिनको विदा घोषणा गरिएको छ । ईरानी इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आइआरजिसी) ले भनेको छ– ’हामीले एक महान नेता गुमायौं, र सम्पूर्ण देश शोक मनाइरहेको छ ।’
ईरानी सेनाले चेतावनी दिँदै सबैभन्दा खतरनाक अभियान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । आगामी केही समयभित्र अमेरिकी ठेगानाहरूलाई निशाना बनाइने छ ।

यता, इजराइल–अमेरिकी हमलामा ईरानको राजधानी तेहरानसहित १० ठूलो शहरमा प्रहार भएको थियो । अहिलेसम्म आक्रमणमा करिब २०० जनाको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् । एक विद्यालयमा मिसाइल प्रहार हुँदा १४८ छात्रा मारिएकी छन् र ४५ घाइते भएका छन् । ईरानले पनि आफ्नै पक्षबाट प्रतिकारात्मक हमलाहरू गरेको छ ।

FACEBOOK COMMENTS