काठमाडौँ । आज विश्व वन्यजन्तु दिवस मनाइदैं छ । हरेक वर्ष मार्च ३ तारिख तथा आजका दिन विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । विश्व वन्यजन्तु दिवस २०२६ ‘औषधि र सुगन्धित बिरुवाहरू: स्वास्थ्य, सम्पदा र जीविकोपार्जनको संरक्षण’ भन्ने विषयवस्तुमा केन्द्रित रहेको छ ।
यो विषयवस्तुले मानव स्वास्थ्य, सांस्कृतिक परम्परा र अर्थतन्त्रमा यी बिरुवाहरूको महत्त्वपूर्ण भूमिकालाई स्पष्ट गर्छ, जबकि बासस्थानको क्षति र अवैध व्यापार जस्ता खतराहरूविरुद्ध दिगो प्रयोग र संरक्षणको आवश्यकतालाई पनि जोड दिएको छ ।
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जंगली जनावर तथा विरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो । यो बहसमा जंगली जनावर तथा विरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५ हजारभन्दा बढी जनावर र विरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो । यस बहसको निस्कर्षलाई सिटिज अर्थात कन्भरसेसन अन इन्टरनेशनल ट्रेड इन इनडेन्जर इस्पेसिस भनेर नाम दिइएको थियो । त्यसपछि २०१४ को मार्च ३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र विरुवाहरुको सुरक्षा, सम्वद्र्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी शिकारी, पैठारी अनि तस्करहरुको सक्रियताले नेपालमा पनि धेरै जनावरहरु र विरुवाहरुको विनाश भएको, हत्या भएको, नाशिएको इतिहास छ । विश्व पर्यावरणको ईकोसिस्टममा हरेक प्राणीहरुको आ-आफ्नै महत्व र योगदान छ तसर्थ सबै प्राणिहरुको सुरक्षा आजको आवश्यता हो । मानव जिवनको दिर्घकालिन उपस्थितीका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ ।
FACEBOOK COMMENTS