काठमाडौं । उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव तथा वरिष्ठ ब्युटिसियन सुष्मा महराले प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को निर्वाचनमा मतदान गरेकी छन्।
महराले चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन्।
मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले जुनसुकै सरकार आए पनि देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र स्वास्थ्य तथा शिक्षा सेवा नि:शुल्क रूपमा लागू गरिनुपर्ने बताइन्।
उनले नागरिकको मतले देशको भविष्यको दिशा तय गर्ने भएकाले सबै मतदाताले जिम्मेवार ढंगले मतदान प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिइन्।
लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ।

FACEBOOK COMMENTS