काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली नै लुटेर भागेकामाथि मुद्दा चल्ने भएको छ।
बुथ कब्जा गर्नको लागि मतपत्रको ठेली बोकेर हिँडेका नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो।
तीन जनामाथि मुद्दा चले पनि नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको छ। यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिनाशर्त छाड्न माग गरेको छ।
यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।
कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो।

FACEBOOK COMMENTS