काठमाण्डौ, भदौ ७ – यूरोपियन इमेज एण्ड साउन्ड एसोसिएशन (इआइएसए)ले ओपो फाइण्ड एक्स टू प्रोलाई ‘इआइएसए एडभान्स्ड स्मार्टफोन २०२०/२०२१’ उपाधि प्रदान गरेको छ । इआइएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरु समावेस एक समुह हो ।
‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइण्ड एक्स टू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ । टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन अझ विशेष छ । यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ । प्रिमियम प्रतिस्पर्धा भन्दा धेरै माथि यो ओपोको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो’, इआइएसएले उल्लेख गरेको छ ।
ओपो वेस्टर्न यूरोपकाअध्यक्षम्यागी छ्यूले भने, ‘इआइएसएद्वारा पहिलो पटक ओपो फाइण्ड एक्स टू प्रोका लागि यो अवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ । हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइन लगायत हरेक पक्षमा निरन्तर नवप्रबर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र ब्यवसायिक ओपो फाइण्ड एक्स टू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभवलगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ ।’
ओपो फाइण्ड एक्स टू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२० एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी + एमोलेड स्क्रिन जडान छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणाली पनि उपलब्ध गरिएको छ । यसमा सुसज्जित फ्ल्यागशिप क्वालकम(आर) स्न्याप ड्रागन(टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्याप ड्रागन(टीएम) एक्स५५ फाइभजी मोडेम(आरएफ प्रणालीका साथमा ६५वाट सुपरभोक २.० फ्ल्याश चार्ज (ओपोद्वारा डिजाइन तथाविकास गरिएको)ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ ।
इआइएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरुको विश्वकै बृहत्त स्वतन्त्र सहकार्य हो । यसले कञ्जुमर ईलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ । विगत ४० बर्षदेखि इआइएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदानगर्दै आइरहेको छ ।
२९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन-कार र मोबाइल ईलेक्टोनिक्स म्यागेजिन र वेभसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले इआइएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् । यसमा सम्मिलित विशेषज्ञ टोलीले स्वतन्त्ररुपमा काम गरेता पनि इआइएसएको छत्रअन्तर्गत सहकार्य गर्छन् ।
FACEBOOK COMMENTS