काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ८९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS