काठमाडौं । इरानका आक्रमणलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बसेको छ । मध्यपूर्व क्षेत्रका ऊर्जा संरचनामाथि इरानले गरेको आक्रमणबारे छलफल गर्न बैठक आयोजना गरिएको हो ।
संयुक्त राष्ट्रमा बहराइनका राजदूत जमाल अलरोवाईले इरानले खाडी क्षेत्रका देश, जोर्डन लगायतका मुलुकमाथि लगातार आक्रमण गरिरहेकाले बैठक बोलाइएको बताएका छन् ।
बैठकपछि उनले परिषदका धेरै सदस्य राष्ट्रहरूले इरानसँग मार्च ११ को प्रस्ताव कार्यान्वयन गर्न माग गरेको जानकारी दिए । उक्त प्रस्तावमा खाडी क्षेत्रका देशमाथि हुने आक्रमण तत्काल रोक्न र सर्वसाधारण तथा ऊर्जा जस्ता नागरिक संरचनालाई निशाना नबनाउन आग्रह गरिएको छ ।
यो प्रस्ताव १३ मतका साथ पारित भएको थियो भने रुस र चीनले मतदानमा भाग लिएका थिएनन् । प्रस्तावमा इरानले होर्मुज जलडमरु क्षेत्रमा जहाज आवतजावत अवरुद्ध गर्ने, हस्तक्षेप गर्ने वा त्यससम्बन्धी धम्की दिने सबै गतिविधि बन्द गर्नुपर्ने पनि उल्लेख गरिएको छ । उक्त जलमार्ग विश्वको करिब २० प्रतिशत तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
FACEBOOK COMMENTS